पहिरो पीडितलाई राहत र पुर्नस्थापनाका लागि पन्थीको माग 



काठमाडौं : नेकपाका गुल्मी जिल्ला ईञ्चार्ज तथा प्रदेश सासंद दिनेश पन्थिले सरकारसगँ पहिरो पिडितलाई राहत र पुर्नस्थापनाको माग गरेका छन् । मंगलबार गएको पहिरोमा परी गुल्मीको सत्यवति गाउपािलका–४ लुम्पेक र लिम्धाका १३ जनाको ज्यान जानुको साथै ६ सय घरपरिवार विस्थापित भएका छन् ।

यसैबिच, पहिरो पीडितलाई सहयोग गर्नका लागि काठमाडौंमा रहेका गुल्मेली राहत सङ्कलनमा जुटेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट गुल्मी–काठमाडौं सम्पर्क मञ्चको भेलाले राहत सङ्कलनमा सबै गुल्मेलीलाई जुट्न आग्रह समेत गरेको छ । 

भेलाले श्रीप्रसाद पाण्डे र शंकर भण्डारीको संयोजकत्वमा १३ सदस्यीय राहत सकंलन समिति गठन गरेको छ । 

भेलामा सरकारलाई राहत उपलब्ध गराउन, दिर्घकालिन व्यवस्था गर्न र काठमाडौंमा रहेका गुल्मेलीलाई राहत संकलन गर्न नेकपाका गुल्मी इन्चार्ज एवं प्रदेश सांसद दिनेश पन्थीले आग्रह गरेका थिए । 

भेलामा सात लाख रुपियाँ सङ्कलन गरिएको प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष समेत रहेका गुल्मीवासी राजेन्द्र अर्यालले जानकारी दिए । सो अवसरमा पूर्व सांसद पटिक थापाले विपदको घडीमा सबैले सहयोग गर्नुपर्ने बताए । 

पीडितको साथमा मन्त्री ज्ञवाली

गुल्मी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवं पराराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्थलगत निरीक्षण गरी पहिरो पीडितलाई राहत वितरण मात्रै गरेनन्, पहिरोमा परी घाइते भएकाहरुलाई आफुसँगै हेलिकप्टरमा राखेर उपचारको लागि काठमाडौं ल्याए । मन्त्री ज्ञवालीकै आग्रहमा गृह मन्त्रालयले बुधबार हेलिकप्टरबाट राहत सामाग्री पुर्याएको थियो । पहिरो पीडितलाई जनही २० क्विन्टल चामल र तयारी खाजा वितरण गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्