पर्सा १ मा पनि काँग्रेस विजयी



सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका १ मा नेपाली काँग्रेस विजयी भएको छ । जनता समाजवादी पार्टीका उमेदवारलाई हराउँदै नेपाली काँग्रेसका सतेन्द्र यादव वडा अध्यक्ष पदमा विजयी भएका हुन् ।

उनले ४११ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दीले ३६३ मत ल्याएका छन् । सो वडामा काँग्रेसले वडा अध्यक्षमा मात्रै जितेको हो । अन्य सदस्यमा भने जनता समाजवादी पार्टीका उमेदवार विजयी भएका छन् ।

त्यहाँ गाउँपालिका अध्यक्षमा काँग्रेसले लिड गरेको छ भने उपाध्यक्षमा जनता समाजवादीले लिड गरेको छ ।

प्रतिक्रिया दिनुहोस्