जनकपुरधाम-१ मा बागी उम्मेदवार साह तेब्बर मतान्तरले अगाडि



जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१ को मतगणना जारी रहँदा कांग्रेसको बागी उम्मेदवार मनोज साहले लगभग तेब्बर मतान्तरले अग्रता कायम राखेका छन् ।

वडा १ को ११८० मत गणना हुँदा कांग्रेसका बागी मनोजले ४०६, नेकपा एमालेका शिवशंकर साह हिरा १५०, स्वतन्त्र उम्मेदवार बलराम महतो ८७, स्वतन्त्र उम्मेदवार जानकीराम साहले ८२ , लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी ६८ मत ल्याएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका जसपाका लालकिशोर साह छैठौ नम्बरमा छन् । उनले ६० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्