बझाङका २ पालिकामा १ र २ जेठमा पुनः निर्वाचन



बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–७ स्थित सुनिपिपल मावि सुवेडा केन्द्रमा पुनः मतदान हुने भएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालका अनुसार शनिबार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले सुनिपिपल मावि केन्द्रमा जेठ १ आइतबार निर्वाचन गर्ने निर्णय गरेको छ।
शुक्रबार भएको निर्वाचनमा मतदान स्थलमा विवाद भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । उक्त मतदान केन्द्रमा ढुंगामुढा, हुलदंगासहित मतपेटिका फुटाएपछि अर्को सूचना नहुँदा सम्मका लागि सो केन्द्रमा मतदान स्थगित गरिएको थियो । केदारस्युँ गाउँपालिका–४ स्थित जगन्नाथ मावि शैन्सु केन्द्रमा विवाद भएका कारण स्थगित भएको निर्वाचन २ जेठ २ सोमबार पुनः हुने जिल्ला निर्वाचन कार्यालय बझाङले जानकारी दिएको छ । विवादका कारण स्थगित गरिएको सुर्मा गाउँपालिका–२ को आधाबगर मावि डोगडी र वडा नम्बर ३ को कृष्ण प्राविको भने पुनः मतदान गर्ने मिति तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्