मतगणनामा धाँधली भएको भन्दै महोत्तरीको बर्दिबासमा एमालेको आन्दोलन



महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणनामा धाँधली गरेको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रेको छ । निर्वाचन कार्यालय बर्दिबासले मतगणना सकिएपछी माओवादी केन्द्रका उम्मेदवार समसेर सिंहलाई वडा न.८ वाट वडा अध्यक्षमा विजयी भएको घोषणा गरेको थियो ।

निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वार रुद्र किङरिङ्गलाइ ९ मतले पछाडी पार्दै सम्सेर सिंह विजयी भएको घोषणापछी निर्वाचन आयोगको निर्णय नमान्ने भन्दै नेकपा एमालेले पर्दसन गरेका हुन् । माओवादी केन्द्रले पाएको ९ मत नेकपा एमालेको भएको दावी गर्दै विजयी नेकपा एमाले नै हुनुपर्ने एमाले बर्दिबासको अडान छ ।

निर्वाचन आयोगले मतगणनामा धाधली गरेको हुन सक्ने बताउदै एमालेले पुनः मतगणना गर्न माग गरेको छ तर निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार मतगणनामा धाधली नभएको र घोषणा गरेको उम्मेदवार नै विजयी भएका छन ।

यता माओवादी केन्द्रपनी पुन: मतगणना गर्न नसकिने भन्दै उक्त प्रकृयावाट बाहिरिएको छ । अहिले सोही विवाद कै कारण मतगणना प्रक्रिया अवरुद्ध बनेको छ भने बाहिर सडकमा कार्यकर्ताहरुले पर्दसन गरिरहेका छन । निर्वाचन आयोगले नेकपा एमालेका निकतम प्रतिद्वन्दी रुद्र किङ्गरिङ्गलाइ ८ मतले उछिन्दै विजयी हासिल गरेको घोषणा गरेको थियो ।

निर्वाचन अधिकृतले घोषणा गरेको मतअनुसार समसेर सिंह लामाले ७५३ मत र रुद्र किङ्गरिङ्गले ७४३ मत प्राप्त गरेका छन । बिरोध कै कारण मतगणना प्रक्रिया समेत २ घण्टादेखी रोकिएको छ । माओवादी केन्द्रले भने विजय जुलुस निकालेका छन ।

प्रतिक्रिया दिनुहोस्