झापाको बिर्तामोड नगरपालिकामा मत गणना अवरुद्ध



काठमाडौं । झापाको बिर्तामोड नगरपालिकामा मत गणना अवरुद्ध भएको छ । निर्वाचन कार्यालयको गाडीभित्र मतपत्र भेटिएको भन्दै कांग्रेस कार्यकर्ताले गाडी रोकेर मत गणना प्रभावित गरेका छन् ।

मतगणना स्थल बाहिर तनावको स्थिति सिर्जना भएको छ । जिल्ला निर्वाचन कार्यालयको गाडीमा मतपत्र भेटिएपछि स्थानीयले नारावाजी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्