सर्लाहीको बरहथवा नगरपालिका-१७ को मतदान जेठ ३ गते



सर्लाही । दुई पक्षबीच झडप भएपछि रोकिएको सर्लाहीको बरहथवा नगरपालिका १७ को मतदान जेठ ३ गते पुनः हुने भएको छ ।

शुक्रबार जनता समाजवादीका वडा अध्यक्षका उमेदवार रामविश्वास रायको टिमले माओवादी केन्द्रका वडा अध्यक्षका उमेदवार विरेन्द्र रायलाई निर्घात कुटपिट गरेपछि सो वडा स्थित श्री आधारभूत विद्यालय परोरियाटोल मतदान केन्द्रको मतदान स्थगित भएको थियो ।

कुटपिटबाट घाईते भएका माओवादीका उमेदवार विरेन्द्रसहित घाईते भएका १५-१६ जनाको विरगंजसहितका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । दुई पक्षबीच कुटाकुट भएपछि नेकपा एमाले, नेपाली काँग्रेस, जनमत पार्टी र स्वतन्त्र उमेदवारले संयुक्त विज्ञप्ती जारी गर्दै मतदान स्थगित गर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्