डडेल्धुरामा एमालेको खाता खुल्यो, आलिताल-१ को अध्यक्षमा जित



डडेल्धुरा । डडेल्धुरामा नेकपा एमालेले खाता खोलेको छ। आलिताल गाउँपालिका–१ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर देउवा (योगेन्द्र) विजयी भएका छन्।

देउवाले नेपाली कांग्रेसका गम्भीर सिंह बोहरालाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन्। देउवाले ४ सय ५७ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी बोहराले ३७७ मत ल्याए।

प्रतिक्रिया दिनुहोस्