रसुवाको नौकुण्ड गाउँपालिका-१ मा कांग्रेसको प्यानल नै विजयी



रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका १ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका कान्छा तामाङले ५ सय ६९ मत ल्याएर विजयी भए ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राम नेकोरले ३ सय ८६ मत ल्याए भने जनता समाजवादी पार्टीका बसन्त लामाले ३ सय ५८ मत ल्याए । २०७४ सालमा भएको निर्वाचनमा नयाँ शक्तिबाट कान्छा तामाङले नै जित हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्