एमालेलाई ६ र कांग्रेसलाई ४ पालिकाको नेतृत्व



काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्विरोध निर्वाचितसहित हालसम्म १३ पालिकाको नतिजा सार्वजनिक भएको छ।

एमालेले मनाङ डिस्याङ, चामे, लो-घेकर दामोदरकुण्ड, बागागुङ मुक्तिक्षेत्र, लोमन्थाङ र शे फोक्सुन्डो गाउँपालिकाको नेतृत्वमा जित हासिल गरेको हो। शे फोक्सुन्डोमा उसले निर्विरोध जित हासिल गरेको हो।

कांग्रेसले घरपझोङ, नार्पाभूमि, नासोँ र गन्यापधुरा गाउँपालिकामा जित हासिल गरेको हो । त्यस्तै एकीकृत समाजवादीले काइके र छार्का साङतोङ गाउँपालिकामा निर्विरोध जित हासिल गरेको हो। माओवादी केन्द्रले जगदुल्ला गाउँपालिकामा जित निकालेको छ।

प्रतिक्रिया दिनुहोस्