गुल्मीको रेसुङ्गाको मेयरमा कांग्रेसका खिलध्वज निर्वाचित



गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयरमा कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले आठ हजार ६१४ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले आठ हजार १९ मत ल्याएर उपमेयर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मेयरका उम्मेदवार नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० मत ल्याए । उपमेयरमा एमाले उम्मेदवार रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन् ।

नगरपालिकामा २३ हजार ५३१ जना मतदाता रहेकोमा १६ हजार २३९ जनाले मतदान गरेका थिए । रेसुङ्गा नगरपालिकाका १० वटामा नेपाली कांग्रेसका र ४ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्