एजेन्सी : इरान र अमेरिका बीचको तनाव बढ्दै गएको छ । अमेरिकाले इरानमाथिका सन् २०१५ पछि हटाइएका सम्पूर्ण प्रतिबन्ध पुनः लागू गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको हो । इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी प्रतिबन्धलाई गर्वका साथ तोड्ने चेतावनी दिएका छन् ।
यस्तै अमेरिकाले पनि इरानको आर्थिक गिरावटको गन्ती सुरु गरिसकेको जनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकी प्रतिबन्धपछि इरानको तेल निर्यातमा प्रतिदिन १० लाख ब्यारल गिरावट आएको दाबी गरेका छन् । इरानी मुद्रा रियालको मूल्यसमेत बढेको विभिन्न तथ्यांकहरु अमेरिकाले सार्वजनिक गरिरहेको छ ।
अमेरिकाले भारत चीन, दक्षिण कोरियालगायतका मुुलुकलाई समेत इरानसँगको तेल कारोबार रोक्न दबाब दिइरहेको छ । यद्यपी ती मुलुकले कुनै प्रतिक्रिया दिएका छैनन् ।
अमेरिकाले प्रतिबन्ध लगाए पनि सन् २०१५ को परमाणु सम्झौताका अन्य पक्ष राष्ट्रहरु, बेलायत, जर्मनी, फ्रान्स लगायतले राष्ट्रले भने इरानलाई साथ दिइरहेका छन् । उनीहरुले अमेरिकी प्रतिबन्धबाट इरानलाई जोगाउन विशेष आर्थिक नीति ल्याउने समेत आश्वासन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।