काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै



काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ को अग्रता कायमै रहेको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शाहले १५ सय ७५ मत पाएका छन् । 

उनलाई एमालेका केशव स्थापितले ९ सय ८५ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ सय २५ मत पाएकी छन् । मतगणना  अहिले पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस्