दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी विजयी



दैलेख । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। माओवादीका उम्मेदवार छवि सुवेदी कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

गाउँपालिका अध्यक्षमा विजयी सुवेदीले ३२०० मतसहित विजय हासिल गरे। उनका निकटत् प्रतिश्पर्धी कांग्रेसका भदे बुढा मगरले २५४४ र एमालेका शशिराम विश्वकर्माले १९२० मत पाए। उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगाबहादुर शाही विजयी भएका छन्। शाहीले २८३४ मत पाउँदा निकटतम् प्रतिश्पर्धी कांग्रेसकी अमृता सिंहले २४०५ र एमालेकी गीता चन्दले १९१८ मत प्राप्त गरे।

माओवादीले जितेको यो दोस्रो स्थानीय तह हो। नौमुले गाउँपालिकामा माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्