सप्तरीको शम्भुनाथ नगरपालिका-१ मा कांग्रेसको प्यानलै विजयी



जनकपुरधाम । सप्तरीको शम्भुनाथ नगरपालिका-१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ । कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार जिवछ साहले ४७४ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी जसपाका बद्री नारायण यादवले ३७१ मत प्राप्त गरे। यस्तै सदस्यमा कांग्रेसकै राधा देवी चौधरी (थारु)ले ४३०, विमला कुमारी चौधरी ४१६, फुलकुमारी चौधरी ४३४ र इनरवती देवी राम ४५० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्