नमोबुद्ध–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार तामाङ विजयी



काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–१ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमबहादुर तामाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका निरोज पाण्डेलाई १ सय ९ मतले पछि पार्दै जेब्रा चिन्हका तामाङ विजयी भएको निर्वाचन अधिकृत विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

तामाङले ५ सय ५६ र पाण्डेले ४ सय ४७ मत प्राप्त गरेका छन् । कांग्रेसका गणबज्र लामाले २ सय ८ मत ल्याए । कांग्रेस वडा सभापतिसमेत रहेका तामाङ पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । वडा सदस्यमा पनि स्वतन्त्र उम्मेदवार नै विजयी भएका छन् ।

दलित महिला सदस्यमा राधिका शंकर, खुल्ला सदस्यमा मुरारी सत्याल जेब्रा चिन्हबाट र एमालेको तर्फबाट महिला सदस्य रुपा प्याकुरेल र खुल्ला सदस्य कृष्णबहादुर तामाङ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्