४ लाखको पहिरनमा रानी : ४५ हजारको टिसर्ट, डेढलाखको ब्याग !



मुम्बइ : बलिउड अभिनेत्री रानी मुखर्जी पछिल्लो साता आफ्नो महंगो टिसर्टका कारण सामाजिक सञ्जालमा चर्चित भएकी छन् ।

सामान्य टिसर्ट, पाइजामा र जुत्ता पहिरिएर एयरपोर्टमा झुल्किएकी रानीको उक्त पहिरनको तस्बिर समेत भाइरल बनाइएको छ । अनौठो त के भने, उनले लगाएको गुस्सी कम्पनीको टिसर्टको मुल्य ४५ हजार थियो ।

उनको शरीरमा देखिएका टिसर्ट, पाइजामा, जुत्तासहित सबै पहिरनको जम्मा मुल्य भने ४ लाख रहेको बताइएको छ । यही कारण उनको चर्चा भएको हो ।

यतिसम्म कि, टिसर्टको मात्रै मुल्य ४४ हजार ७ सय २३ परेको बताइन्छ । पाइजामाको झण्डै डेढलाख र जुत्ताको मुल्य ६१ हजार भन्दा बढी हो । यस्तै रानीले डेढलाख भन्दा धेरै मुल्यको ब्याग बोकेकी थिइन् । पछिल्लो समय रानी फिल्म हिचकीमा अभिनउ गरेकी छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्