बालेनले बढाए मतान्तर, केशव स्थापित १४६५ मतले पछाडि



काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मतगणना अनुसार शाहले ३११० मतसहित अग्रता बढाएका हुन् ।

उनलाई नेकपा एमालेका केशव स्थापितले १६४५ मत ल्याएर पछ्याइरहेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १६०२ मत पाएकी छन् । बालेनको अग्रताले उनका समर्थकहरु उत्साहित भएका छन् ।

अहिले काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४, ३१ र ३२ को मत गणना भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्