धनुषामा ९ वडाको परिणाम सार्वजनिक, ५ वटामा कांग्रेस विजयी



जनकपुरधाम । धनुषामा अहिलेसम्म विभिन्न पालिकाका नौवटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ।

जसअनुसार कांग्रेसले ५ वटा वडामा जित हात पारेको छ। एमालेले २ वटा वडा जितेको छ। माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले एक–एक वडा जितेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा कांग्रेसका देवु यादव र २ मा शिवु साह विजयी भएका छन्। बटेश्वर गाउँपालिका–१ मा कांग्रेसकै अशोककुमार महतो र मिथिला नगरपालिकामा वडाध्यक्षका उम्मेदवार जोगी महतो तथा नगराईन नगरपालिका–१ मा सीताराम महतोले चुनाव जितेका छन्।

एमालेबाट लक्ष्मीनियाँ गाउँपालिका–१ मा दिलीपकुमार यादव र २ मा लालजी यादव विजयी भएका छन्। एकीकृत समाजवादीबाट जनकनन्दनी गाउँपालिका–१ मा सन्तोष गोइत विजयी भएका छन्।

माओवादी केन्द्रले कमला नगरपालिका–१ मा जित हात पारेको छ। जसपाका उम्मेदवारलाई पराजित गर्दै केन्द्रका सर्वदेव यादव विजयी भएका हुन्। जसपाबाट रामदेव कापर हंशपुर नगरपालिका–१ मा विजयी भएका हुन्।

प्रतिक्रिया दिनुहोस्