महाकालीको मेयरमा एमालेका नरसिंह चैसिर विजयी



दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेका नरसिंह चैसिर विजयी भएका छन्। उनी ५ हजार १३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत प्राप्त गरेका छन्।

यस्तै, उपमेयर पदमा एमालेकै दुर्गा कुमारी खत्री विजयी भएकी छन्। उनले ४ हजार ६ सय २ मत पाएकी छन्। उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुना बोहराले ४ हजार १ सय ८२ मत प्राप्त गरेकी छन्।

यो स्थानीय तह कांग्रेसका दिलेन्द्र बडुको निर्वाचन क्षेत्र हो।

प्रतिक्रिया दिनुहोस्