त्रिभुवन विश्वविद्यालयले आइतबार बिदा नदिने (सूचनासहित)



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आइतबार बिदा नदिने भएको छ ।

सरकारले आइतबारबाट लागू हुने गरि हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गरेपनि त्रिभुवन विश्वविद्यालयले तत्काल शनिबार मात्र विदा दिने र आइतबार अध्ययन अध्यापन जारी राख्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले सूचना निकालेर कोभिडका कारण शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेका, विश्वविद्यालयको पाठ्यक्रमको संरचना हप्तामा ६ कार्यदिनलाई ध्यानमा राखेर बनाइएकाले तत्काल हप्तामा दुई दिन सार्वजनिक विदाको निर्णय कार्यान्वयन नगर्ने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्