३५ पालिकाको मतपरिणाम सार्वजनिक, एमालेलाई १५ को नेतृत्व



काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। आइतबार बेलुका साढे ५ बजेसम्म ३५ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ।

अन्तिम मत परिणाम सार्वजनिक भएका पालिकाहरुमा एमालेले १५ वटाको नेतृत्व जितेको छ। कांग्रेसले १० पालिकाको नेतृत्व जितेको छ। त्यस्तै, माओवादी केन्द्रले ८ र एकीकृत समाजवादीले २ पालिकाको नेतृत्व पाएका छन्।

मत परिणाम सार्वजनिक भएका ३५ पालिका : 
एमाले
१. महाकाली नगरपालिका – दार्चुला
नर सिंह चैंसिर
२. चामे गाउँपालिका – मनाङ
लोकेन्द्र वहादुर घले
३. लो-घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ
लोप्साङ छोम्पेल विष्ट
४. बागागुङ मुक्तिक्षेत्र गाउँपालिका – मुस्ताङ
रिङजीन नामगेल गुरुङ
५. लोमन्थाङ गाउँपालिका – मुस्ताङ
टसी न्हर्वु गुरुङ
६. शे फोक्सुन्डो गाउँपालिका – डोल्पा
धावा सम्डुक गुरुङ
७. खुम्बु पासाङ ल्हामु गाउँपालिका – सोलुखुम्बु
मिङमा छिरी शेर्पा
८. साइपाल गाउँपालिका – बझाङ
मानवीर बोहरा
९. बौदीकाली गाउँपालिका – नवलपरासी पूर्व
प्रकाश ओझा
१०. थलारा गाउँपालिकारबझाङ
प्रकाशबहादुर रोकाया
११. थासाङ गाउँपालिकारमुस्ताङ
प्रदिप गौचन
१२. मालिका गाउँपालिका – म्याग्दी
बेगप्रसाद गर्बुजा
१३. मेन्छयायेम गाउँपालिका – तेह्रथुम
यादवबहादुर खापुङ्ग
१४. मनाङ ङिस्याङ गाउँपालिका – मनाङ
कान्छा घले
१५. हरिनास गाउँपालिका – स्याङ्जा
खिमनारायण मानन्धर

नेपाली कांग्रेस
१. घरपझोङ गाउँपालिका – मुस्ताङ
मोहन सिंह लालचन
२. नार्पाभूमि गाउँपालिका – मनाङ
कोन्जो तेन्जीङ लामा
३. नासोँ गाउँपालिका – मनाङ
धन बहादुर गुरुङ
४. गन्यापधुरा गाउँपालिका – डलेल्धुरा
ईन्द्रबहादुर कार्की
५. रेसुंगा नगरपालिका – गुल्मी
खिलध्वज पन्थी
६. गुल्मीदरबार गाउँपालिका – गुल्मी
सरोजकुमार थापा
७. खार्पुनाथ गाउँपालिका – हुम्ला
कर्णबहादुर रावल
८. बडीकेदार गाउँपालिका – डोटी
भैरव बहादुर साउँद
९. तमानखोला गाउँपालिका – बागलुङ
जोकलाल बुढा
१०. स्वामीकार्तिक खापर गाउँपालिका – बाजुरा
भरतबहादुर रोकाया

माओवादी केन्द्र
१. जगदुल्ला गाउँपालिका – डोल्पा
नारा सिं रोकाया
२. नौमुले गाउँपालिका – दैलेख
छविराम सुवेदी
३. ताराखोला गाउँपालिका – बागलुङ
धनबहादुर विक
४. अपिहिमाल गाउँपालिका – दार्चुला
भक्त सिंह ठेकरे (बोहरा)
५. लिम्चुङबुङ गाउँपालिका – उदयपुर
मेजरकुमार राई
६. जन्तेढुंगा गाउँपालिका – खोटाङ
अरुणा देवी राई
७. थवाङ गाउँपालिका – रोल्पा
ऋषि केशव बुढा मगर
८. नौगाड गाउँपालिका – दार्चुला
दलजीत सिंह धामी

एकीकृत समाजवादी
१. काइके गाउँपालिका – डोल्पा
अंगद कुमार राना
२. छार्का साङतोङ गाउँपालिका -डोल्पा
सेनाङ गुरुङ

प्रतिक्रिया दिनुहोस्