नौकुण्ड गाउँपालिका ३ मा एमाले प्यानल नै विजयी



रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका ३ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ।

नेपाली एमालेका लोकेन्द्रदेव मोक्तानले ६ सय ७६ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमबहादुर घलेले ४ सय ७६ मत ल्याए।

रसुवाको नौकुण्ड गाउँपालिका ३ को वडा सदस्यमा मेम्बर तामाङ, मनकाजी ग्याबा, महिला सदस्यमा अनिता घले, दलित सदस्यमा देउमाया विक विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्