सुर्खेतको वीरेन्द्रनगर १ मा पुनः कांग्रेसका खत्री दोहोरिए



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिनेश खत्री निर्वाचित भएका छन्। उनी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ४० मत बढी ल्याएर निर्वाचित भएका हुन्।

आइतबार सकिएको वडा नम्बर १ को मतगणनाअनुसार कांग्रेसका खत्रीले १ हजार ४ सय ८४ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गंगाराम सुनारले १ हजार ४ सय ४४ मत ल्याएका छन्। उनी २०७४ सालको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्