स्याङ्जाको हरिनासको अध्यक्षमा एमालेका खिमनारायण विजयी



स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी भएका छन् । ४ हजार ७६९ मत ल्याएर मानन्धर विजयी भएका हुन् ।

उनले नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतअन्तरले पराजित गरेका हुन् । कांग्रेसका भुजेलले ४ हजार ७३२ मत ल्याएका छन् । मानन्धर यसअघिको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।

उपाध्यक्षमा नेकपा एमालेकी ईन्द्रकुमारी राना थापा विजयी भएकी छन् । उनले ४ हजार ७४० मत ल्याएकी छन् । कांग्रेसकी मिठु लम्सालले ४ हजार ७१६ मत ल्याएर दोस्रो भइन् ।

सात वडा रहेको गाउँपालिकाको चार वडामा नेकपा एमाले र तीन वडामा नेपाली काग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्