जनकपुरको मेयरमा बागी उम्मेदवार मनोज दोब्बर मतान्तरले अघि



जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साहले दोब्बर मतान्तरले अग्रता कायम राखेका छन् । ताजा रुझान अनुसार मनोज १६७८ मत ल्याएर अग्रस्थानमा रहेका छन् ।
त्यस्तै एमालेका शिवशंकर साह हिरा ८९३ मत ल्याएर उनलाई पछ्याइ रहेका छन् । लोसपाका मनोज चौधरीले २५२ र सत्ता गठबन्धनका लालकिशोर साहले २३१ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी किशोरी साहले १६४६, नेकपा एमालेकी रुना झाले ९४७ र लोसपाकी रिता झाले २५३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्