हुम्लाको ताजाकोटमा माओवादीका जैसी निर्वाचित



हुम्ला । हुम्लाको ताजाकोट गाउँपालिकामा माओवादीका लालकेश जैसी १८१० मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका अजमल बुढाले ९९५ मत ल्याएका छन्।

उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र बहादुर थापा १३९१ मतले निर्वाचित भएका छन्। यस्तै उनका प्रतिद्वन्द्वी एमालेका रूपचन्द्र जैसीले ४७७ मत ल्याएका छन्। यहाँ माओवादी-कांग्रेस गठबन्धन थियो।

प्रतिक्रिया दिनुहोस्