पोखरा महानगरमा गठबन्धनको अग्रता कायमै



पोखरा । पोखरा महानगरपालिका मत गणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले १ सय ५ मतको अग्रता लिएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ को ३ हजार ८ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् ।

आचार्यले १ हजार ५ सय ८५ मत पाउँदा उनको निकटतम प्रतिस्पर्धी कृष्ण थापाले १ हजार ४ सय ८० मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार ६ सय ७६ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जु गुरुङले १ हजार ५ सय ३२ मत पाइन् । उनीहरूको मत अन्तर १ सय ४४ छ । पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्