हेटौँडामा थपिँदै ४ मतगणना स्थल



हेटौँडा । मतगणनामा ढिलाइ हुँदा हेटौँडास्थित सिद्धार्थ माविमा चार वटा मतदान स्थल थप्ने तयारी भएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले ४ मतगणना स्थल थपिने बताएका हुन्।

छिटो मतपरिणाम सार्वजनिक गर्ने उद्देश्यले ४ वटा मतगणनास्थल थप्न लागेको उनले बताए। थप ४ मतगणना स्थलमा गणना गर्नका लागि तारजाली हाल्ने काम भइरहेको उनले बताए।

तयारी सकिएपछि आज रातिदेखि नै मत गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्