हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता



हेटौंडा । राप्रपाले हेटौंडा उपमहानगरपालिकामा अग्रता बनाएको छ।

हेटौंडामा ८ हजार ८ सय ३६ मत गणना हुँदा प्रमुखमा राप्रपाका दिपक सिंह २ हजार ६ सय ६६ मतसहित अगाडि छन्।

उनलाई गठबन्धनका उम्मेदवारले पछ्याइरहेका छन्। गठबन्धनबाट मिना लामाले २ हजार ६ सय ३५ मत पाउँदा एमाले उम्मेदवार अनन्त पौडेलले २ हजार ४ सय १८ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्