३८ तहको नतिजा सार्वजनिक, एमाले पहिलो स्थानमा



काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको जारी मत गणना अन्तरगत ३८ तहको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार ७५३ स्थानीय तहमध्ये ३८ तहको अन्तिम नतिजा आएको हो । जसमा अधिकांश गाउँपालिका रहेका छन् ।

आयोगका अनुसार हालसम्म सबैभन्दा धेरै पालिका जितेर एमाले पहिलो स्थानमा छ । एमालेले १५ पालिका जितेको हो । तर अग्रताको हिसावले भने काँंग्रेस अगाडि छ । हालसम्म एमालेले १८० बढी पालिकामा अग्रता बनाउँदा कांग्रेसको २५० बढी पालिकामा अग्रता रहेको छ । हालसम्म कांग्रेसले जितेका पालिकाको संख्या भने ११ वटा रहेको छ ।

यस्तै माओवादी केन्द्रले १० पालिका जित्दा १०० स्थानमा अग्रता बनाएको छ । समाजवादी भने कमजोर देखिएको छ । समाजवादीले २ पालिका जित्दै १५ वटामा अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्