सल्यानको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धन विजयी



सल्यान । सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ ।

अध्यक्षमा कांग्रेसका मानबहादुर बुढाथोकी ४० मतान्तरले विजयी भएका छन् । बुढाथोकीले ४०५८ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैशीले ४०१२ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लालबहादुर रावत विजयी भएका छन् । रावतले ४१४३ मत ल्याए भने माओवादीका धनसरा मल्लले ३९४३ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्