अछामको कमलबजार नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी



काठमाडौं । अछामको कमलबजार नगरपालिकको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका उम्मेदवार यज्ञप्रसाद ढकाल ४ हजार २ सय ८८ मत ल्याएर प्रमुख पदमा विजयी भएका हुन्।

ढकालका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कटकबहादुर साउदले ४ हजार ६४ मत पाए। उपमेयरमा नेकपा एमालेकी शारदाकुमार बिष्टले जित हात पारिन्। विष्टले ४ हजार ५२८ मत ल्याएर उपमेयरमा जित हात पारेकी हुन्।

उनले नेपाली कांग्रेसकी गौरी भण्डारीलाई पराजित गर्दै उपमेयरमा जित हात पारेकी हुन्। भण्डारीले ३ हजार ६४८ मत ल्याइन्।

प्रतिक्रिया दिनुहोस्