सर्लाहीको धनकौल गाउँपालिकामा कांग्रेस विजयी



सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। धनकौलमा कांग्रेसका रामआश्रय साह पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

साह ४ हजार ४७७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका फकिरा महतोले ३ हजार ३७८ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकै अकली सहनी विजयी भएकी छन् । उपाध्यक्षमा सहनीले ४ हजार ५०४ मत प्राप्त गरिन्। अधिकांश वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

कांग्रेसले धनकौल-१, २, ४ र ७ मा जितेको छ। यी वडाका वडाध्यक्षमा क्रमश: गौरीशंकर महतो, रामबहादुर सहनी, नरेन्द्र राय यादव र रामलखन राय निर्वाचित भएका छन्। माओवादी केन्द्रले ५ र ६ मा बाजी मारेको छ। ५ गजेन्द्र महतो ५ र ६ श्यामबाबु साह वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेले ३ नम्बर वडामा मात्र जितेको छ। एमालेबाट अशोककुमार यादव वडाध्यक्षमा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्