झिलिमिली बत्ती लगाउँदा विद्युत सट भएर बेकरी पसलमा आगलागी



दमाैली: विद्युत् चुहिएर आगलागी हुँदा तनहुँको दमौलीमा बिहीबार राति एक बेकरी पसलमा क्षति पुगेको छ । आगलागीबाट तनहुँको व्यास नगरपालिका–२ स्थित ग्याथु बेकरी एण्ड पेष्टी पसलमा क्षति पुगेको हो । 

बन्द रहेको पसलमा राति ८ बजे आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको केक, फ्रिज र सजावटका सामान पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । व्यास नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । 

 

प्रहरीका अनुसार तिहारमा झिलिमिली पार्न लगाइकाे विद्युतीय बत्ती सट हुँदा अागाे लागेकाे हाे । 

प्रतिक्रिया दिनुहोस्