अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी



काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्षमा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा एमालेकै नर्मदा पौडेल विजयी भएका छन्। अध्यक्षमा एमालेका न्यौपानेले निकटतम प्रतिस्पर्धी कांग्रेसका अच्युत गौतमलाई ७२१ मतान्तरले पछि पारे।

उनले ७ हजार ७ सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै, उपाध्यक्षमा एमालेकै नर्मदा पौडेल ७ हजार ६ सय ६१ मतसहित विजयी भइन्। उनले कांग्रेसकी लक्ष्मी गौतमलाई ६ सय २३ मतले पछि पारिन्। अघिल्लो निर्वाचनमा यो गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले जितेको थियो।

प्रतिक्रिया दिनुहोस्