मतदानभन्दा १५ मत बढी भेटिएपछि मतगणना स्थगित, प्रहरीले गर्‍यो हवाइ फायर  



जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा मतगणना मतदान भएको भनिएको भन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना नै‌ स्थगित भएको हो । धनौजी-१ लखौरी गाउँमा मतदानकाे मुचुल्काभन्दा १५ मतपत्र बढी फेला परेपछि आइतबार राति विवाद भएकाे थियाे

मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले बताए । विवादले उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाइ फायर गरेकाे छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले मतगणनाको विषयमा विवाद भएको र घटनाबारे जानकारी लिइरहेको बताए ।

अहिले त्यहाँ नेपाली सेना परिचालन गरिएको छ ।यहाँ आइतबार रातिदेखि नै मतगणना भइरहेकाे थियाे । धनाैजी-३,४ र ५ को मतगणना सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्