धनकुटाको छथर जोरपाटीको अध्यक्षमा कांग्रेसका सुब्बा निर्वाचित



धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३५९ मत ल्याएर निर्वाचित भएका छन् ।

सुब्बाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार शेरबहादुर लिम्बुलाई १९५ मतान्तरले पराजित गरेका हुन् । लिम्बूले चार हजार १६४ मत पाए ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता खेवा चार हजार ३८७ मत सहित निर्वाचित भएकी छन् । उपाध्यक्ष पदमा एमालेकी गोमा कार्कीले तीन हजार ६९१ मत पाएकी छन् ।

गाउँपालिकाका छ वटै वडाको मत गणना सम्पन्न भएको छ । मत परिणामअनुसार वडा नं. १, २, ५ र ६ मा सत्तारुढ दलका उम्मेदवार निर्वाचित भएका छन् । वडा नं. ३ र ४ मा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्