जुम्लाको चन्दननाथ ५ मा माओवादीका कार्की विजयी



जुम्ला । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृहवडामा माओवादी केन्द्र विजयी भएको छ । कांग्रेसको गढ मानिँदै आएको चन्दननाथ नगरपालिका-५ मा माओवादीका विर्ख कार्की वडाध्यक्ष बनेका हुन् । यो त्यही वडा हो, जहाँबाट प्रदेश सभापति शाही, पूर्वप्रदेश जलस्रोतमन्त्री दिनवन्धु श्रेष्ठले मतदान गरेका थिए ।

कार्की १ सय ६८ मतसहित वडाध्यक्षमा विजयी हुँदा कांग्रेसका नवराज श्रेष्ठ १ सय ४३ मतसहित तेस्रो भए । बरु टिकट नपाएपछि कांग्रेसबाट बिद्रोह गरेर बागी बनेका पूर्णप्रसाद श्रेष्ठले १ सय ४९ मतसहित दोस्रो बने । २०७४ को निर्वाचनमा पनि यहाँ कांग्रेसका उम्मेदवारलाई हराउँदै सोही पार्टीका बागी गोल्डेन कठायत वडाध्यक्ष बनेका थिए ।

तर, यो पटक भने माओवादी विजयी भएको हो । वडा सदस्यमा माओवादीका लक्ष्मी थापा (श्रेष्ठ) विजय भएकी छन् । श्रेष्ठले १५६ मत प्राप्त गरेकी छन् । हरिबहादुर भण्डारी (स्वतन्त्र), नामग्याल तामाङ (कांग्रेस) सदस्यमा र दलित महिला सदस्यमा काली सुनार (एकीकृत समाजवादी) विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्