डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्ष-उपाध्यक्षमा माओवादी निर्वाचित



डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका दत्तबहादुर शाही विजयी भएका छन् । ३७ वर्षीय शाहीले १४०४ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले १३६७ मत ल्याए ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै दुदा रोकाय विजयी भइन् । उनले १४५८ मत पाइन् । उनकी प्रतिद्वन्द्वी एमालेकी सविताकुमारी रोकायले १२९८ मत पाइन् । गाउँपालिकाका ८ वटा वडामध्ये वडानम्बर १, २, ३, ४, ५, ७ र ८ माओवादीले जितेको छ भने ६ नम्बर वडा एमालेले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्