महाकुलुङको अध्यक्षमा कांग्रेसका सूर्य निर्वाचित



सोलुखुम्बु। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अन्तिम मतपरिणाम सार्वजनिक भए अनुसार अध्यक्षमा कांग्रेसका सूर्य बहादुर कुलुङले २ हजार १ सय मत र उपाध्यक्षमा पनि कांग्रेसकै विपना कुलुङले १ हजर ९ सय २९ मतसहित विजयी भएको निर्वाचन अधिकृत टेकनाथ अधिकारीले जानकारी दिए।

उनका अनुसार सूर्य कुलुङका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सागर किरातीले १ हजार ६ सय २६ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकै उपाध्यक्ष पदकी उम्मेदवार छविमाया कुलुङले १ हजार ४ सय ८३ प्राप्त गरेकी थिइन।

यस्तै नेकपा एमालेका भक्त कुलुङले अध्यक्षमा १ हजार ४ सय ५२ र उपाध्यक्षमा शुभधनी कुलुङले १ हजार ७ सय ३३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्