प्रधानमन्त्री देउवाले गरे लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभा हलको उद्घाटन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको आज बिहान उद्घाटन गरेका छन् ।

५ हजार जना क्षमताको सम्मेलन केन्द्रको २०७५ साल वैशाख १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् । चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाले आज बिहान उदघाटन गरेका हुन् ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आज सोही सम्मेलन केन्द्रमा आयोजित २५६६ औं बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार यो सभा हल मुलुककै ठूलो र दक्षिण एशियाकै नमूना हो । लुम्बिनी, अर्घाखाँची बाबुल जेभीले यो सम्मेलन केन्द्र बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्