भरतपुरमा मतान्तर बढाउँदै विजय सुबेदी, यस्तो छ पछिल्लो मतपरिणाम



चितवन। चितवनको भरतपुर महानगरपालिकामा एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका विजय सुवेदीले अग्रता लिएका छन्। स्थानीय तह निर्वाचनको पछिल्लो मतगणनाको विवरणअनुसार तीन हजार ९४४ मत ल्याएर उनले अग्रता लिएका छन् ।

उनलाई गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार ८९४ मत ल्याएर पछ्याइरहेकी छन्। भरतपुर महानगरपालिकाको १, २ र ३ वडाको जम्मा खसेको ११ हजार ३२८ मतगणनाको नतिजाअनुसार सुवेदीले अग्रता लिइरहेका हुन् ।

मेयरका स्वतन्त्र जगन्नाथ पौडेलले एक ५७२ मत ल्याएका छन्। सोमबार बिहान ११ बजेबाट ४ नं वडाको मतहरू ८ स्थानमा गणना चलिरहेको छ। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी चार ४७६, राप्रपाकी हिमला गुरुङ तीन हजार ७० ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्