लागुऔषधसहित युवक पक्राउ



लहान: प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले आज बिहान लहानबाट एक युवकलाई पक्राउ गरेको छ । 

 

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित स्थानीय २४ वर्षीय शिवकुमार मण्डललाई पक्राउ गरेको हो ।

 

शङ्का लागेर जाँच गर्दा मण्डलको साथबाट लागुऔषध फेनारगन सात थान, डाइजेपाम नौ थान तथा लुपिजेसिक आठ थान बरामद भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्