प्रहरीलाई घुस दिन खोज्ने पक्राउ



भक्तपुर : भक्तपुर प्रहरीले घुस दिन खोज्ने २ जनालाई नियन्त्रणमा लिएको छ। ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा बा.८८ प ५०२६ नम्बरको मोटरसाइकल चालक काभ्रे नमोबुद्ध नगरपालिका– १० घर भएका २२ वर्षीय सञ्जिव लामा र मोटरसाइकलमा सवार मकवानपुर घर भएका १९ वर्षीया सविना थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

मध्यपुरठिमी नगरपालिका–३ कौशलटार खटिएको प्रहरीले जाँच गर्ने क्रममा दुबै जनाले मादक पदार्थ सेवन गरेकोले कागजपत्र मागेको थियो। सोही क्रममा कारबाहीबाट बच्न नगद १ हजार दिई उनीहरुले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए। दुबै जनालाई उक्त रकम र मोटरसाइकल सहित प्रहरीले पक्राउ गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्