भरतपुर महानगरमा विजय रेनुभन्दा ६१ मतले अगाडि



भरतपुर । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले रेनु दाहालसँग ६१ मतको अग्रता बनाएका छन् । १२ हजार ८६२ मत गन्दासम्म सुवेदी ४ हजार ४ सय मत पाएर अग्रस्थानमा रहँदा दाहालले ४ हजार ३३९ मत पाएकी छन्।

प्रमुख मै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल एक हजार ९ सय मत पाएर तेस्रो स्थानमा छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार १०३ मतसहित अग्रता लिएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङको ३ हजार ४८३ मत छ।

प्रतिक्रिया दिनुहोस्