नेपाली विमानका लागि चीनका थप ८ विमानस्थल खुला



काठमाडौं : नेपाली विमानका लागि चीनको ८ विमानस्थल खुला भएको छ । चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएको हो ।

चीनमा भएको द्विपक्षीय वार्ताका क्रममा चीनले नेपाली कम्पनीलाई यथाशक्य उडान विस्तारमा सहजिकरणको प्रतिवद्धता व्यक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जनाएको छ । 

यसअघि नेपालबाट ७ वटा विमानस्थलमा मात्र उडान गर्न पाउने प्रावधान थियो । ७ वटा विमानस्थललाई यथावत राखी अन्य ८ विमानस्थलमा भने नेपाली कम्पनीले रोजेको गन्तव्यलाई अनुमति दिने प्रतिवद्धता चीनले गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार दुवै देशका वायुसेवा कम्पनीले सातामा ७० उडान गर्न पाउने प्रावधानलाई लम्ब्याएर ९८ पुर्याइएको छ ।

तर बढेको २८ उडान चिनियाँ जहाजले काठमाडौंमा डान थप्न पाउने छैनन् । यो उडान निर्माणाधिन भैरहवास्थित गौतमबुद्ध र पोखरा विमानस्थलका लागि हो ।

नेपाली जहाजले भने चीनका विभिन्न १५ गन्तव्यमा उडान गर्न सक्ने छ । यता नेपालबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स चीनबाट अनुमतिको पखाइमा छ ।

प्रतिक्रिया दिनुहोस्