२२ वर्षका राजाबाबु बने गाउँपालिकाको अध्यक्ष



सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षीय युवक विजयी भएका हुन् । रामनगरको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार २२ वर्षीय युवक राजाबाबु यादव ४ हजार ८१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादव २ हजार ३९२ मत प्राप्त गरेका छन् ।  यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै गिता देवी ३ हजार ५२३ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसकी कोशिला साहले २ हजार ६३७ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्