प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षमा  भट्टराई सिफारिस



बुटवल : प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिस भएका छन् । मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्