रसुवाको उत्तरगयाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी



रसुवा । रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका माधव अर्याल २ हजार ९ सय ९९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्सालले २ हजार ५ सय ६० मत पाए ।

त्यसैगरि उपाध्यक्षमा नेकपा एमालेकी चमेली गुरुङले ३ हजार १ सय ३४ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुनितामाया गुरुङले २ हजार ४ सय ५२ मत प्राप्त गरिन् ।

उत्तरगया गाउँपालिकामा ५ वटा वडा रहेका छन् । वडा नम्बर १ मा नेकपा एमालेका मारसिङ तामाङ, वडा नम्बर २ मा एमालेका टुकु सुवेदी, वडा नम्बर ३ मा एमालेकै लालबहादुर तामाङ, वडा नम्बर ४ मा नेपाली कांग्रेसका अमर बुलुन र वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका यमनाथ आचार्य विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्